Advertisement
rabirajkhadka

यात्रा संस्मरण

Mar 20th, 2019
162
0
Never
Not a member of Pastebin yet? Sign Up, it unlocks many cool features!
text 23.58 KB | None | 0 0
  1. “मोबाइलमा सिम कार्ड छ तिन वर्ष भयो नचलाएको के गर्यो भने चल्छ होला ?”
  2. मैले सोधे "कुनको हो, एनटिसी हो कि एनसेल "? खासमा जुनको भएपनि त्यो सिम चल्छ कि चल्दैन मलाई ज्ञान थिएन, तै पनि सोधेँ । उनले एनसेल को हो भनेँ । मैले थाहा भएन दाइ भनेँ ।
  3. झन्डै पचास पचपन्नको उमेर, आधा टाउको चिल्लो आधा झुसिलो । मुन्ठेको दाह्री अनि खौरिएको जुँगा । कालो सिन्थेटिकको ज्याकेट छ । ज्याकेट खुइलिएको धुलो पाइन्टभरि झरेको छ ।
  4. उनको पहिरन हेर्दा भर्खर विदेशबाट आएको अनुमान गर्न सकिँदैनथ्यो ।
  5. म दाङ जानको लागी कलङ्की चोकबाट गाडी चढेको थिएँ । दाङ यात्रामा छिमेकी सिटको सहयात्री थिए हमिद दाइ । तीन दिनदेखि परिवारसँग कुरा हुन पाएको छैन हमिद दाइले भने ।
  6. किन नि मैले सोधे ।
  7. हिजो राती एघार बजे एअरपोर्टमा उत्रेको । होटेल सम्म पुग्दा दुई बजिसकेको थियो । बिहान पाँच बजे उठेर बसपार्क पुगेर टिकट काटे । अहिलेसम्म बस मै छु ।
  8. "कहाँबाट आउनु भएको ?" मैले सोधे ।
  9. साउदी अरब बाट ।
  10. “ए वैदेशिक रोजगारका लागि जानु भएको । कति वर्षपछि आउँदै हुनुहुन्छ?" मैले सोधेँ । दुई वर्षपछि उनले भने ।
  11. केहीबेरमा उनले फेरि रिचार्ज कार्ड देखाएर सोधे “यो हाल्यो भने फोन खुल्छ कि”?
  12. मैले फोन मागेर मेरो नम्बरमा डायल गरे । “नट रजिस्टर्ड इन नेटवर्क ” भन्ने म्यासेज आयो । मैले भनेँ तपाईंको सिम कार्ड खुलाउनु पर्छ, अहिलेलाई मेरो मोबाइलबाट कुरा गर्नु न ।
  13. उनले आफ्नो मोबाइलको कललगमा नम्बर खोजे । नम्बर भेटिएन । लाष्टमा १६ थियो त्यो नम्बरको, खै देखेन भने । मैले खोज्ने प्रयास गरे । भेटिएन ।
  14. “कस्तो छ अरबमा काम गर्न?” मैले सोधेँ ।
  15. अरे भै (भाइ ) अर्काको देश हो के सजिलो हुन्छ । हाम्रो मजबुरी न हो ।
  16. दाइले पीडा पोखे । मैले उनलाई सहयोग गर्न चासो देखाएको भएर होला हमिद दाइ अलि खुलेर कुरा गर्न थाले ।
  17. “के काम गर्नु हुन्छ अरबमा ?”, मैले फेरी जिज्ञासा तेर्साए ।
  18. “पाइप फ़िटिङ्गको काम छ ।”, दाइले भने ।
  19. ए, प्लम्बिङ्गको काम, मैले बुझेजसरी भनेँ ।
  20. दाइले बुझेकी बुझेनन् "त्यस्तै हो " भने ।
  21. “प्लम्बिङ्गको काम त काठमाडौँमा पनि धेरै छ । यहाँ घरको धारा बिग्रेको बेला हामीलाई प्लम्बर भेटाउन मुस्किल छ । अनि भेटिए पनि धारा छोयो कि कम्तिमा पाँचसय त लिएर जान्छन् । यतै बसेर काम गरे भैगो नि” मैले भनेँ ।
  22. त्यस्तो घरको धारा बनाउने त कहाँ हो । उता त मेसिनले जमिन खन्छ, हामीले पाइप हालेर फिटिंग गर्ने हो अनि मेसिनले पुर्ने काम गर्छ ।
  23. ए ए तपाईंले ठुलो लाइनको काम गर्नु हुँदोरहेछ, मैले भने । “त्यही त छ “, हमिद दाइको उत्तर आयो ।
  24. फेरी एकछिन हमिद दाइले मोबाइल हेरे अनि भने छिमेकीको एउटा नम्बर त छ । “कल गर्नुहुन्छ?”, मैले सोधेँ ।
  25. अनि मैले उनको मोबाइल मागेर नम्बर हेर्दै मेरो मोबाइलबाट डायल गरे । फोन गयो । हमिद दाइले कुरा गरे । कुरा भए पछि उनी प्रसन्न मुद्रामा देखिए ।
  26. यो छिमेकी हो मेरो घरमा गएर सुनाइदिन्छ । हमिद दाइले खुशी साटे । म पनि मुस्कुराएँ ।
  27. “के छ विदेशको कमाइ कस्तो छ ? गार्हो साह्रो पर्यो भने साथीहरूले कति सहयोग गर्छन”, मैले सोधेँ ।
  28. कमाई त ठिकै छ । मुदिर (म्यानेजर ) राम्रो भयो भने अलि सजिलो पनि हुन्छ । कम्पनी राम्रो भयो भने अरु पनि राम्रो हुन्छ ।बिरामी पर्दा पनि पैसा दिन्छ तर धेरै नेपालीहरूको राम्रो मुदिर हुँदैन , सरिकाया(कम्पनि) पनि राम्रो छैन दुख पाको छ । केही महिनाको पैसा दिन्छ फेरी केही महिनाको दिदैँन । दिनरात काम लगाउँछ । छुट्टी पनि दिदैँन । दिनमा पन्ध्र सोह्र घण्टा काम गर्नुपर्छ । मेरो त सरकारी हो । मैनाको एघार सय रुपियाँ (रियाल) दिन्छ । बस्न खान दिदैँन । चारसय त्यसमा खर्च हुन्छ । बस् बच्ने त सात सय रुपियाँ (रियाल ) हो ।
  29. “अनि बिरामी पर्यो भने के हुन्छ ?”, मैले सोधेँ ।
  30. हामी सरकारीको पैसा आउँछ । मुदिर राम्रो छ भने प्राइभेटमा पनि हेर्छ । तर मुदिर राम्रो छैन भने दुख हुन्छ । सानोतिनो कम्पनी छ भने त त्यसले हेर्दैन । कामै सब सकिन्छ ।
  31. नेपाली भनेर त हेप्दैनन् होला नि ? मैले फेरी प्रश्न तेर्स्याएँ ।
  32. अरे भै (भाइ) विदेशको ठाउँ छ । कसले हेर्छ हामीलाई । काम मात्र लगाउँछन् । हामीलाई के मान्छे गन्छ उनीहरूले ?
  33. पहिलेको राजा अलि ठिक थियो । अहिलेको राजा त गरिबको हितमा छैन । निकै गार्हो छ । हामीले कसलाई भन्ने ? सुनिदिने त कोही छैन । तपाईंले फेसबुकमा देख्नुहुन्न? पैसा पनि नदिएर काम मात्र लगाएको ? कति बन्धक भएर बसेका छन् । हमिद दाइले बेलिबिस्तार लगाए ।
  34. मैले भने, “हाम्रो दुतावास छ नि, रियादमा जानुहुन्न त्यहाँ ?”
  35. दुतावास के छ ? उनीहरु यहाँको शेर हो वहाँको स्याल हो । के कुरा गर्न सक्छ हाम्रो बारेमा त्यहाँको सरकार सँग ? आखिरमा जे दुख छ हामी भोग्नु पर्छ ।
  36. तपाईं दुतावासमा जानुभएको छ त कहिले ? मैले फेरी सोधेँ ।
  37. चार वर्ष जति अगाडि गएको थिए । तर दुतावासले केही सहयोग गरेन ।
  38. किन जानु भएको दुतावास?
  39. त्यो छ कि, साथीहरूले रक्सी खाएर बदमासी गरे, मलाई पनि फसाइदियो।
  40. ए रक्सी पनि पाइन्छ अरबमा ? मैले सोधेँ ।
  41. "आफै बनाउछन् तिनीहरु", उनले भने ।
  42. कसले बनाउँछ ? मैले सोधेँ ।
  43. त्यो खेतीपाती गर्न गएका हुन्छन नि उनीहरु लोकल जस्तो रक्सी बनाउँछन् अनि त्यही खान्छन् ।त्यही रक्सीले त कतिलाई अप्ठ्यारो परेको छ । रक्सी खाएर बदमासी गर्छन । अनि कमाएको सबै पैसा त्यही जरिवानामा सकिन्छ । कति त जेलमा सडेका छन् । गार्हो छ भै (भाई )।
  44. दाइले नारायणघाटमा एक किलो सुन्तला किने । मलाई सुन्तला खान अनुरोध गरे ।
  45. म खान खाएर खान्छु, तपाईं खानोस् न, मैले भनेँ ।
  46. मेरो त बाँडेर मात्र खाने बानी छ । म एक्लै खान सक्दिनँ ।
  47. हामीले गैँडाकोटमा खाना खायौँ । उनले फेरी सुन्तला खान अनुरोध गरे । मैले एउटा सुन्तला खाएँ ।
  48. मेरो फोनमा एउटा अपरिचित नम्बरबाट फोन आयो । फोन उठाएर मैले “हेलो हेलो” भनेँ ।
  49. उताबाट पनि हेलो भन्ने आवाज आयो, अनि मेरो आवाज सुनेर रङ्गनम्बर परेछ भन्न थाले । मैले एकछिन है भनेर हमिद दाइलाई फोन दिएँ । दाइले राम्रै सँग कुरा गरे । फोन राखे अनि भने "ज्वाईंले फोन गरेको" । " तपाइंको ज्वाइँ हुनुहुन्छ "? मैले सोधेँ ।
  50. मेरो छोरा र ज्वाइँ लमहीमा कुरिरहेछ मलाई लिनलाई । हामी गढवामा बस्छौं ।
  51. "आज घरमा सबै जना खुसी हुन्छ होला हैन ?”, मैले सोधेँ ।
  52. "ज्वाइँसँग त छ वर्ष पछि भेट हुँदैछ । उनी पनि विदेशमा बस्छन् । उनको कतारमा काम छ । पन्ध्र दिन अगाडि उनको बिदा सक्कीसकेको थियो । मलाई भेट्नलाई बसेका " ।
  53. "आज घर रमाइलो हुने भो ", मैले भनेँ ।
  54. "के गर्नु ? जेठो छोरोले पढेन । महिनामा तीन हजार खर्च गरेको थिएँ उसका लागि तर पाँच कक्षामा धेरै चोटी फेल भयो । दुई वर्ष अगाडि बिहे गर्यो । उसको बिहेमा पनि म आउन मिलेन । बुहारीसँग पनि भेट भएको छैन । आज पहिलो पटक भेट हुन्छ । छोरा पनि वैदेशिक रोजगारमा गएर फर्केको । मलेसियामा थियो । तर कमाई धमाइ भएन । अब जाँदैन रे । आखिर किस्मतमा जे छ त्यही त हुन्छ । माहिलो छोरा अलि पढ्न मन गर्छ । सात कक्षामा पढ़छ अहिले । उसको बिहे चाहिँ अलि पढेर आफैले केही गर्न सक्ने भए पछि गरि दिने विचार छ ।
  55. आफूले धेरै पढ्न सकिएन । पहिले बदम बेचेर परिवार चलाएँ । पछि पुर्याउन गाह्रो भयो । छ वर्ष देखि साउदी बसेर काम गरिराछु । दाइले फेरी विस्तार लगाए ।
  56. साउदीमा मेरो खुट्टा भाँचियो । मोपेडमा जाँदै थिए । अर्को तिर बाट आएको ट्रकले ठोक्यो। म तीन महिना अस्पतालमा बसेँ । परिवार साथमा छैन, बहुत चिन्तामा दिन गुजारा भयो भै (भाई ) ।
  57. अनि उपचार खर्च र बिदाको पैसा दियो त ? मैले सोधेँ ।
  58. उपचार खर्च त त्यो ट्रकवालाले दियो । मेरो त सरकारी काम हुनाले बिदाको पनि पैसा दियो । पैसा दिएर के गर्ने भै आफ्नो साथमा कोही छैन मर्ने पो हो कि भनेर खुब चिन्ता लाग्यो घर परिवारलाई सम्झेर । आखिर गरिब लाई जहाँ गए पनि दुख छ । दाइले फेरी दुखको पोको फुकाए ।
  59. चन्द्रौटामा काक्रो,बदाम, आइसक्रिम बेच्न गाडीमा ल्यायो । दाइले आइसक्रिम खान अनुरोध गरे । मैले खांदैन दाइ तपाईं खानोस् न भनेँ । उनले मलाई केही खावोस भन्ने चाहन्थे । हमिद दाइ अत्यन्तै सज्जन र मिजासिला रहेछन् ।
  60. मलाई फेरी सुन्तला खान अनुरोध गरे । मैले पनि खाएँ, उनले पनि खाए ।
  61. उनले सुन्तलाको बोक्रा हातमा राखे अनि झ्याल खोले । फेरी सोधे मलाई, यो फाल्दिउ बाहिर ?
  62. बजारमा यसरी गाडीको झ्याल बाट बाहिर फोहोर फाल्न मिल्छ ? मैले सोधेँ ।
  63. दाइ अलि लजाए । मैले भने "अलि पर जङ्गलमा पुगे पछि फाल्नुस् न, एकछिन यतै राख्नोस्" । दाइले सहमति जनाए ।
  64. उनले बेला बेलामा आफ्नो ज्वाइँसँग मेरो मोबाइल बाट कुरा गरिरहेका थिए । अनि भन्दै थिए “बडो सजिलो भयो कुरा गरेर । ज्वाइँ त्यो टेम्पो लिएर बसीराछन् रे । नभए गाडी न पाइएला कि भन्ने डर थियो “ ।
  65. कति बेर लाग्छ गढवा पुग्न ? मैले सोधेँ ।
  66. लमहीबाट आधा घण्टा । दाइले जवाफ दिए ।
  67. गन्तव्य नजिकिँदै जाँदा दाइ अझै उत्साहित थिए । कपिलवस्तुका खेतहरू हेर्दै भने "यो पटक मसुरो लगाएन ?"
  68. खै दाइ मलाई थाहा भएन, मेरो निम्सरो जवाफ आयो ।
  69. पानी त परेको थियो, मसुरो हुन्थ्यो होला, कसैले लगाएन जस्तो छ । दाइ भन्दै थिए ।
  70. हेर्नुस् भै, अर्काको देशमा के काम गर्ने, सन् २०२० पछि त उताको सजिलो काम उताकै मान्छेलाई दिने भन्दै छ । त्यसो भयो भने धेरै नेपाली फर्किनु पर्छ । नेपाल फर्किएर काम पाउन पनि गाह्रो छ । काम दिए त गर्नु हुन्थ्यो ।यता राप्तीको पानी नहरबाट लगेर हाम्रो गाउँमा सिँचाइ गर्ने कुरा छ रे । यतै खेतीपाती गर्न पायो भने त म पनि विदेश जाँदैन ।
  71. काम गर्ने ठाउँ नपाएर अर्काको देश बनाउन जानु परेको छ, बहुत दुख लाग्छ भै । दाइ भावुक भए ।विदेशीले हेपेको सम्झेर त जान मन लाग्दैन । उनीहरु हामीलाई मान्छे ठान्दैनन् । यतै काम गर्न पाए त हुन्थ्यो तर के काम गर्ने यहाँ ? आफ्नो काम गरेर परिवार पाल्न सकिदैन । हामीलाई काम कसले दिन्छ ? पहिले मैले बदाम बेचेर दिनमा सय रुपैयाँ बचाउँथे । पछि त्यो बदाम उठाउन गाउँमा अरु पनि आउन थाले । मैले बदाम पाएन । विदेश नगई केही उपाय लागेन भै ।
  72. उता बस्दा कहिले काहीं त लाग्छ म भोकै पेट बाँधेर बस्छु तर विदेश जान्दिन । के गर्नु ? ठुलो परिवार छ, यही बाध्यता छ । दाइले दुखेसो पोखे ।
  73. मैले फरक प्रसङ्ग कोट्याए । अहिले त मधेश देशको पो कुरा गर्दैछन् त । तपाईंलाई थाहा छ ? तपाईं र हामी त फरक देशको मान्छे पो भइन्छ कि जस्तो छ ।
  74. यो सीके राउत र सरकारको एघार बुँदे सहमति भयो रे । यो सब अस्थिरता फैलाउन भइरहेको छ । अहिले जे छ ठिकै छ । मधेश देश भयो भने के हुन्छ? त्यहाँ फेरी जाति, धर्म छुट्टाउँछ। गरिब त जुन देशमा भए पनि गरिब नै हुन्छ । हुँदा खाने नै हो सँधै । कम्तिमा स्थिरता भएर काम गरि खान पायो भने सबै भन्दा सुखी देश त्यही हो हामीलाई ।
  75. हामी लमही पुगीसकेका थियौँ । बस पार्कमा पुगेर बस रोक्कियो । हमिद दाइ ओर्लने बेला आयो । हामीमा आत्मियता बढिसकेको रहेछ । उनी सँगै म पनि बस बाट ओर्लिए । उनका ज्वाइँसँग भेट भयो । मैले नमस्कार गरेँ। टेम्पो तयारी अवस्थामा थियो । हमिद दाइले आफ्नो सबै झोलाहरू टेम्पोमा राखे । हामीले अङ्कमाल गर्यौं। आफ्नो ठाउँमा आइपुगेकोले हमिद दाइ प्रसन्न थिए ।
  76. म दाङसम्म पुग्नु पर्ने थियो । बसमा फेरी चढेँ। सोचेँ उनका साना साना सपनाहरू पनि कति कष्टकर छन् है ? परिवारको पेट पाल्न सारा जीवन परिवार भन्दा टाढा रहेर बाँच्नु पर्ने । कस्तो मानबिय बाध्यता ?
  77. मिति २०७५ साल चैत्र २ गते, शनिबार
  78. किनपा -२ मैत्रिनगर स्वर्गद्वारी टोल
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement