Advertisement
Not a member of Pastebin yet?
Sign Up,
it unlocks many cool features!
- १. मूर्खलाई सय कोर्रा बुद्धिमानलाई एक कुरा।
- – A word to the wise is enough.
- २. मौन सम्मत्ति लक्षणम्।
- – Silence means consent.
- ३. राम्रो बैठान आधा बैठान।
- – Well begun is half done.
- ४. लोहाको बैरी लोहा।
- – Diamond cuts diamond.
- ५. लङ्का मार्ने हनुमान जस पाउने डेंढू।
- – One sows another reaps.
- ६. सास छउन्जेल आश।
- – While there is life, there is hope.
- ७. सन्तोषी सदा सुखी।
- – Content is happiness.
- ८. सितैको धन फुपूको श्राद्ध।
- – Evil got evil spent.
- ९. सुनलाई खोल हाल्नु पर्दैन।
- – A fair face needs no paint.
- १०. संगतले मानिस चिनिन्छ।
- – A man is known by the company he keeps.
- ११. हतपतको काम लतपत ।
- – Haste makes waste.
- १२. हात्तीको मुखमा जीरा।
- – A drop of water in the ocean.
- १३. हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात।
- – Childhood shows the man as morning shows the day.
- – Coming events cast their shadows before.
- १४. नाकमुनि कन्दनि।
- १५. कि लायो सुनको बाला कि गयो … … … को छाला।
- १६. कि भयो अमरावतीको राज कि भयो चपरीमुनिको वास।
- १७. आए बौको गए साहुको।
- १८. आम्दानी चारानाको खर्च बारानाको।
- १९. लोभले लाभ, लाभले विलाप।
- २०. बुढेसकालमा पाटीको वास।
- २१. साउँको भन्दा ब्याजको माया।
- २२. ससुरालीको धनमा नामर्दको रजाईं।
- २३. बूढी मर्यो काल पल्क्यो।
- २४. कुकुरलाई मासु पैंचो।
- २५. कुकुरलाई घ्यू नपचेको।
- २६. दशा भनेको बाजा बजाएर आउँदैन।
- २७. धेरै खाए मल थोरै खाए बल।
- २८. औषधी र उपदेश मीठो हुन्नँ।
- २९. जति भान्छे त्यति खिचडी।
- ३०. अनिकालमा बीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु।
- ३१. जुन थालमा खायो त्यही थालमा हग्छ।
- ३२. सोर्है साला सत्र।
- ३३. स्याल कराउनु कुखरा हराउनु।
- ३४. बाख्राको चाकमा किरा परेको।
- ३५. कसाईंको अगाडि बाख्रा रोएको।
- ३६. खसी जोख्नु सय चोटि मान्छे जोख्नु एक चोटि।
- ३७. हुने हार दैव नटार।
- ३८. कांही नभएको जात्रा हाँडी गाउँमा।
- ३९. ठाउँ न ठहर बूढीको रहर।
- ४०. कपाल दुखेको औषधी नाइटोमा लाई।
- ४१. काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे।
- ४२. गाँसी गुँसी एकै नासी।
- ४३. कोढीको जीउ प्यारो अपुताको धन प्यारो।
- ४४. खर्च न बर्च तीर्थ जानु पर्छ
- सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ।
- ४५. डिङ्गाको सरापले हात्ती मर्दैन।
- ४६. कताको जिली कताको गाँठी।
- ४७. वल्लो घाट न पल्लो तीर
- वारि खाल्डो पारि भीर।
- ४८. नपाउनेले केरा पायो बोक्रा समेत चपायो।
- ४९. पापा पनि चिची पनि।
- ५०. जति कालो उति मेरै बौको सालो।
- ५१. जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पा बींड।
- ५२. जसको शक्ति उसको भक्ति।
- ५३. धोबीलाई हतार हुँदैमा घाम लाग्दैन।
- ५४. जसले जान्यो उसले तान्यो।
- ५५. नबिराउनु नडराउनु ।
- ५६. आई लाग्ने माथि जाई लाग्नु।
- ५७. जसको बाँदर उसैले नचाउँछ।
- ५८. घैया रोपेर धान फल्दैन।
- ५९. हलो जोत्दैमा गोरू ब्याउँदैन।
- ६०. शिवजीलाई धतुरोले लाग्दैन।
- ६१. काम न काजको दुश्मन अनाजको।
- ६२. काग बस्नु हाँगा भाँचिनु।
- ६३. हावा नचली पात हल्लिंदैन।
- ६४. एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही न कोही।
- ६५. तरुनी छउन्जेल सयवटा पोई मर्ने बेला कोही न कोही।
- १. छुच्चाको धन लुच्चाले खान्छ।
- – Penny wise pound foolish.
- २. छोरो पाउनु कैले कैले भोटो सिउनु ऐले।
- – Counting the chickens before they are hatched.
- ३. जति भाँडो उति चुबुर्को।
- – Many minds many thoughts.
- ४. जस्तालाई तस्तै ढिंडालाई निस्तै।
- – Tit for tat.
- ५. जस्तो काम उस्तै माम।
- – As you sow, so you reap.
- ६. जस्तो रोप्यो उस्तै फल्छ।
- – As you sow, so you reap.
- ७. जस्तो देश उस्तै भेष।
- – While in Rome, do as the Romans do.
- ८. लंगडाको देशमा खुट्टा खुम्च्याउनु।
- – While in Rome, do as the Romans do.
- ९. जसको शक्ति उसको भक्ति।
- – Might is right.
- १०. जसरी आयो त्यसरी गयो।
- – Easy come, easy go.
- ११. जिब्रो चिप्लो मन भने कालो।
- – A wolf in lamb’s clothing.
- १२. दु:ख कहिल्यै एक्लै आउँदैन।
- – Adversity never comes alone.
- १३. दु:ख विना सुख हुँदैन।
- – No pain no gains.
- १४. धेरै खाए घिउ पनि तीतो हुन्छ।
- – Too much of anything is bad.
- १५. धेरै जोगी मठ उजाड।
- – Too many cooks spoil the broth.
- १६. नपत्याउने खोलाले बगाउँछ।
- – Still water runs deep.
- १७. नमच्चिने पीङको सय झड्का।
- – An empty vessel sounds much.
- १८. रित्तो गाग्री छचल्किन्छ।
- – An empty vessel sounds much.
- १९. भेंडाको खोलमा ब्वाँसो।
- – A wolf in lamb’s clothing.
- २०. वल्लो घरको नरे पल्लो घरमा सरे।
- २१. चोरलाई चौतारो साधूलाई सुली।
- २२. एक कान दुई कान मैदान।
- २३. एउटा घिउ बेचुवा अर्को तरवार बेचुवा।
- २४. बत्ती मुनि अँध्यारो।
- २५. नमच्चिने पीडको सय झड्का।
- २६. झिंगाको डिंगाले हात्ती मर्दैन।
- २७. एक कानले सुन्यो अर्को कानले उडायो।
- २८. आँखा नदेख्ने नेत्रलाल कान नसुन्ने कर्णकान्त।
- २९. नानी भन्दा आची ठूलो।
- ३०. भ्वाड् भन्दा स्वाङ् ठुलो।
- ३१. उत्ताउली गाईलाई बाघले खाई।
- ३२. भन्दाखेरी छ गन्दाखेरी सात।
- ३३. तै रानी मै रानी कुवाको पानी को खानी।
- ३४. एउटा सियो चोर अर्को फाली चोर।
- ३५. सर्पको खुट्टा सर्पले देख्छ।
- ३६. थुतुनो र मुतुनो जोगाएर राख्नु।
- ३७. जो निर्धन उसैको नाम धनप्रसाद।
- ३८. खाइछाड कि लाइछाड मरेपछि लम्पसार।
- ३९. तित्राको मुखै वैरी।
- ४०. नयाँ दुलही चुरा धेरै बजाउँछिन्।
- ४१. धान खाने मुसा चोट पाउने भ्यागुतो।
- ४२. काग भन्दा कोईली चंख।
- ४३. बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन।
- ४४. आच्छ्युँ खाएँ बाच्छ्यूँ खाएँ झुसे बारूलो।
- ४५. भाड्राको टोपीलाई गुँयलाको फूल।
- ४६. माग्नेलाई तातो भात।
- ४७. मामाको घोडा मेरो हि हि।
- ४८. जंगलमा मड्गल।
- ४९. काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर।
- ५०. सर्प पनि मरोस् लट्ठी पनि नभाँचियोस्।
- ५१. कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडायो।
- ५२. बाख्रा पुच्छर काट्यो बोकालाई सजिलो।
- ५३. भेंडा भेंडाको हूलमा बाख्रा बाख्राको हूलमा।
- ५४. दिउँ आफू नाङ्गो नदिउँ माग्नेको मुख बाङ्गो।
- ५५. माग्नेको मुख बाङ्गो।
- ५६. चोरको हजार दाउ।
- ५७. हग्नेलाई भन्दा देख्नेलाई लाज।
- ५८. जो अगुवा उही बाटो हगुवा।
- ५९. नयाँ जोगी खरानी धेरै घस्छ।
- ६०. कुमाईंको घुमाई, जैसीको जाल
- कायस्थको लेखा, आसामीको काल।
- ६१. जसको डम्फू उसकै ताल।
- ६२. निभ्न लागेको बत्ती चहकिलो बल्छ।
- ६३. मर्नु भन्दा अगाडि आङ् तन्काउनु।
- ६४. जति सुमसुम्यायो उति … … … साँगुरो।
- ६५. जसको बिहे उसैलाई देख्न नदे।
- ६६. बाघको छालामा स्यालको रजाईं।
- ६७. राजाको धन जान्छ भँडारेको पेट पोल्छ।
- ६८. सरकारी काम कहिले जाला घाम।
- ६९. सूर्य अस्त चन्द्र मस्त।
- ७०. उही नाम्लो उही कुम्लो।
- ७१. कागलाई बेल पाक्यो हर्ष न विस्मात्।
- ७२ धन देख्दा महादेवको तीन नेत्र।
- ७३. औंला दिंदा डुँडुल्ना निल्छ।
- ७४. घिउ केमा पोख्यो दालमा।
- ७५. जस्तो जस्तो पण्डित उस्तो उस्तो स्वाहा।
- ७६. लुटको धन फुपूको श्राद्ध।
- ७७. लोभीको धन छट्टुले खान्छ।
- ७८. अड्को पड्को तेलको धूप।
- ७९. घरै पिंडालु वनै पिंडालु
- ससुराली जाँदा बार्ह हातको पिंडालु।
- ८०. कुन्ताको महादेव खरानी घसेको।
- ८१. कुकुरलाई लुतो।
- ८२. हाँसको चाल न बकुल्लाको चाल।
- ८३. माछो माछो भ्यागुतो।
- ८४. आलु खाएर पेडाको धाक।
- ८५. धाक भन्दा धक्कू ठूलो हिंडन लागे खुट्टा लुलो।
- ८६. बेला न कुबेला बजि नयला।
- ८७. अन्धाको सहारा लङ्गडा।
- ८८. लगनको बेला हगन।
- ८९. सुनारको सय चोट लोहारको एक चोट।
- ९०. जोगीको घरमा सन्यासी पाहुना।
- ९१. हात्तीको मुखमा जीरा।
- ९२. सानो छउन्जेल मर्ला भन्ने पीर ठूलो भएपछि मार्ला भन्ने पीर।
- ९३. आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढा माथि।
- ९४. सूर्यको अगाडि बत्ती।
- ९५. आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन।
- ९६. खुट्टा भए जुत्ता हजार।
- ९७. हात्ती लम्कनु घोडा चम्कनु।
- ९८. कुरो र कुलो जता लग्यो उतै लाग्छ।
- ९९. खाने पिउने रामे चोट पाउने चामे।
- १००. खोला र माया तलतिरै बग्छ।
- १०१. नामर्दलाई लुतो।
- १०२. अजिङ्गरको आहारा दैवले पुर्याउँछ।
- १०३. भैंसीलाई सिङको भारी हुँदैन।
- १०४. गुरू गुँढ चेला चिनी।
- १०५. मुसाको छोरा दरबारमा।
- १०६. बाउभन्दा छोरा जान्ने खुकुरीभन्दा कर्द लाग्ने।
- १०७. आँ गर्दा अलङ्कार बुझ्ने।
- १०८. जस्तो आफू उस्तै च्यापू।
- १०९. हगेपछि दैलो देख्छ।
- ११०. जति नङ्रा उति दार्हा।
- १११. मर्नु भन्दा बौलाउनु निको।
- ११२. जहाँ गार्हो उही सार्हो।
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement