Advertisement
coderpradip

Ek Chihan Novel

Nov 19th, 2017
3,401
0
Never
Not a member of Pastebin yet? Sign Up, it unlocks many cool features!
text 6.67 KB | None | 0 0
  1. Listen Full Novel or Download From : https://meropaper.com/ek-chihan-nepali-novel (MeroPaper.com)
  2. एक चिहान उपन्यासकार हृदयचन्द्र सिंह प्रधान द्वारा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो । यस उपन्यासमा काठमाडौं शहरको २०११ साल तिरको समाजलाई देखाइएको छ । यस उपन्यासमा देखिने समाज दुई वर्गमा विभाजित छ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर एवम् अनेकजालझेलमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खानेहरुकै पहुच छ । त्यस्ता मान्छेहरुले पनि गरिबहरुलाई सहयोग गरेजस्तो गर्छन तर त्यसभित्र स्वार्थ लुकेको हुन्छ भन्ने यथार्थ यस उपन्यासमा देखिन्छ । यसै गरि ‘एकचिहान’ उपन्यासमा समाजका विपन्न वर्गको दयनिय अवस्था पनि देखाइएको छ । जो किसान छ, दिनरात मिहिनेत गर्छ उसैलाई हातमुख जोड्न मुश्किल पर्छ अनि जो सिकर्मी छ उसैको घर भत्किएर जीवन
  3. सकिने अवस्था यस निबन्धमा देखाइएको छ । जातिय विभेद, रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोसित भएको यथार्थ उपन्यासमा प्रस्तुत गरिएको छ । शोषणले सिमा नाघे पछि गरिबहरुमा बिस्तारै चेतनाको लहर पलाउन थालेको अवस्था पनि उपन्यासले देखाएको छ ।
  4.  
  5. उपन्यासकारले यस उपन्यासका माध्यमबाट परम्परागत सामाजिक कुसंस्कार, धार्मिक अन्धविश्वास, आर्थिक शोषण र जातिय विभेद जस्ता सामाजिक विकृतिहरु ह्टाउनु पर्ने विचार अघि सारेका छन् । एकचिहान उपन्यासले परम्परागत धार्मिक संस्कारका विरुद्धमा नयां प्रगतिवादी दृष्टिकोण प्रस्तुत गरेको छ । बाबुआमाको काजक्रिया गर्दा गरिबले पति दान दिनै पर्ने, ऋण काडेर भएपनि भोज खुवाउनु पर्ने र धार्मिक आडम्बर देखाउनै पर्ने जस्तो परम्पराको विरोध यस उपन्यासले गरेको छ । समाजका टाठाबाठाले जनतालाई शोषण गर्दैै आएको र यसलाई परम्परा बनाएर ल्याएका हुदां यस्तो गलत परम्परा तोड्नु पर्ने मान्यता उपन्यासमा पाइन्छ । समाजका धनी वर्गहरु गरिबको पसिना चुसेर मोज मस्तीमा भुल्ने गरेको अति गरिबहरु चाहिं भोकभोकै मर्नुपरेको यथार्थ उपन्यासले चित्रण गरेको छ । सुब्बा सुरमान र गोदत्तप्रसाद जस्ता निच शोषकले सहयोगी जस्तो गरि कसरी गरिब जनताको शोषण गर्छन भन्ने कुरा उपन्यासमा देखाइएको छ । त्यस्ता शोषकहरुको दया मायाबाट उन्नति कहिल्यै हुन नसक्ने विचार व्यक्त गरेको छ । आर्थिक अभाव र अन्यायबाट पार पाउन गरिबहरुले सङ्कटका बेलामा पनि साहुबाट ऋण लिन नहुने, खर्च कम गर्नुपर्ने निरन्तर परिश्रम गरिरहनुपर्ने र अन्याय अत्याचारका विरुद्धमा सधैं लड्नुपर्ने विचारहरु एकचिहान उपन्यासमा व्यक्त भएका छन् । यस उपन्यासले जातिय विभेद हटाउनुपर्ने र अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्नुपर्ने मान्यता अघिसारेको छ । समृद्ध समाज बनाउनका लागि जातिय विभेद अन्त्य गरि राष्ट्रिय एकताको फराकिलो बाटोमा सबै जुट्नुपर्ने विचार यस उपन्यासमा पाइन्छ । यस प्रकार एकचिहान उपन्यासमा यी र यस्ता थुप्रै सामाजिक जागरणका लागि आवश्यक पर्ने प्रगतिवादी विचारहरु प्रस्तुत गरिएका छन् र तिनै विचारका माध्यमबाट सामाजिक विकृति हटाएर असल समाजको निर्माण गर्न उपन्यासले अनुरोध गरेको छ ।
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement