Advertisement
xerex09

Untitled

Mar 23rd, 2019
83
0
Never
Not a member of Pastebin yet? Sign Up, it unlocks many cool features!
text 7.96 KB | None | 0 0
  1. ...... sent a photo
  2. आज पशुपतीमा खीचेको
  3. कस्तो छ?
  4. ⁃ सहि छ, तिमीलाई कुर्ता एकदमै सुहाउँछ। जिन्समा पनि राम्री देखीन्छ्यौ सारीको त नकुरा गरौँ परी देखीन्छ्यौ परी। 😍😘 तर मिनीस्कट लगाउदा कस्ती देखीन्छ्यौ खासै याद गरेको छैन।
  5. ⁃ ल.. मिनीस्कट पनि प्रायजसो लगाईराको हुन्छु त। 🙄
  6. ⁃ अँ थाहा छ तर मिनीस्कट लगाएको बेला ध्यान अन्तै हुन्छ के। 😂😂
  7. ⁃ छाडा 😡😡
  8. ⁃ 😘😘😘
  9. ⁃ तिमीलाई त जे लगाउदा पनि भुत जस्तो देखीन्छ। 😏😏
  10. ल... भयो त अब? मैले त्यत्रो तारीफ गरेँ उसले चाहिँ भुतजस्तो रे 😞 मँ जिल्ल परेँ।
  11. ⁃ रिसाएको मेरो राजा? 😘😘
  12. ⁃ 😏😏
  13. ⁃ जिस्केको हो के तिमीलाई त धुर्मुसे कट्टु लगाएर खुट्टाको भुल्ता देखाउदा पनि ह्यान्डसम देखीन्छ। 😂😂😂
  14. फकाउने बाहानामा फेरी बील्ला हानेर उ म्यासेजबाटै आवाज आउला झैँ गरी हाँसेको स्टीकर पठाईदिन्छे।
  15. उ हाँस्दा उसका पुरै दाँत देखीन्छन् तर उस्ले पठाएको स्टीकरमा दाँत नै थिएन।
  16. ⁃ तिमी थोती 😂 मनमनै उसलाई जिस्काईदिए अनी एक्लै हाँसे। 😋
  17. ***
  18. घरको छत, डुब्न लागेको घाम, मन्ध बतास, लास्ट पप तानेर उडाएको चुरोटको धुवाँले गती लीन्छ र ठोकीन्छ बिहान धोएर सुकाएको गलबन्दीमा अनी बीलाउछ।
  19. गलबन्दी?? मँ पनि हराउन पुग्छु बिगतमा....
  20. ***
  21. ⁃ Happy birthday मेरो राजा 😘
  22. ⁃ Messenger बाट काम चल्दैन भेटेर wish गर्नुपर्छ।
  23. ⁃ हस्, कहाँ भेट्ने त?
  24. ⁃ सधैंको ठाउँ
  25. ⁃ कती बेला?
  26. ⁃ सधैको समय।
  27. सेतो टिसर्ट, गुलावी मीनीस्कर्ट र हातमा सानो ब्याग उनी मँ तीर आउदै छीन्। लाग्छ कुनै मोडल र्याम्पमा क्याटवाक गरीरहेकी छीन्।
  28. त्यसो त मैले जिस्कनकै लागी भनेको थिएँ मिनीस्कर्ट लगाएको बेला मेरो ध्यान अन्तै हुन्छ भनेर तर उनी मिनीस्कर्टमा पनि उतिकै सुन्दर देखीन्छीन्।
  29. ⁃ Happy birthday once again & this is for you
  30. ब्यागबाट एउटा गीफ्ट निकाल्छीन् र मलाई दिन्छीन्
  31. ⁃ के हो यो?
  32. ⁃ खोलेर हेर
  33. ⁃ Wow!! उनीको गलबन्दी?
  34. ⁃ यसलाई सधैं आफ्नो साथमा राख्नु ल..
  35. मलाई हिन्दी मुभी ‘फना’ को सायरी याद आउँछ
  36. “कास में उनका गोला होता
  37. और उनकी उंग्लीयोंपे लीप्टा होता
  38. कास वो मेरेलीए स्वेटर बुनदेती
  39. में गर्मीयोँमे भी पहेनलेता”
  40. यो स्वेटर थिएन गलबन्दी थियो तर मैले यो सायरी सीरीयस्ली लीएछु सायद।
  41. ⁃ छ्या यस्तो गर्मीमापनि के गलबन्दी भिरेर हिडेको?
  42. मम्मी भन्नुहुन्थ्यो।
  43. ⁃ पंकी स्टाईल हो के ममी हजुर बुझ्नुहुन्न।
  44. मैले जवाफ दिन्थेँ।
  45. त्यो गलबन्दी कैयौं पटक गर्मीमा पनि लगाएँ र कैयौ पटक मेरा सामानहरु मलाईनै नसोधिकन लगाएर हिडीदिने मेरा साथीहरुबाट पनि जोगाएँ
  46. गर्मीको पसीनाले भिजेको गलबन्दी मुटुमा भने सीतलता दिन्थ्यो, कसरी?? मलाई थाहा छैन प्रेमको आभास होला सायद...
  47. पव्लीकमा भन्न त नहुने तर एउटा कुरा भनौँ??
  48. रातमा अन्डरवेएर बाहेक अरु केहि नलगाउने मान्छे मँ त्यो दिनदेखी अन्डरवेएरको साथमा गलबन्दी हुनथाल्यो
  49. सुन्दा अकोर्ड लाग्छ है? 😂
  50. तर यथार्थ यहि थियो।
  51. ***
  52. ⁃ I’m sorry अर्को हप्ता मेरो बिहे फिक्स भयो। राम्रो देशको पि आर होल्डर भन्दै बाबाममीले जवरजस्ती गरे मैले कन्भीन्स गर्न सकीन।
  53. राम्रो देश मतलव??
  54. के मेरो देश राम्रो छैन??
  55. मसंग पनि नेपालको नागरीकता छ चाहिन्छ भने तिम्रो parents लाई फोटोकपी सहित एप्लीकेसन दिन्छु...
  56. यहि भन्न मन थियो तर भनीन किनकी पि आर को न्यानोले उनका parents भन्दा पहिल्यै उनको मन पग्लीसकेको मँ आभाष गर्न सक्थेँ।
  57. ⁃ It’s ok तिमीलाई जे ठिक लाग्छ त्यहि गर I’m with you.
  58. ⁃ this is our last conversation, I’m gonna block you. अब हाम्रो कुरा हुनेछैन। sorry for everything.
  59. ***
  60. साँझ छीप्पीसकेको थियो, एक झोका बतासको सीरेठोले तन चिसो बनायो।
  61. सोचेँ त्यहि गलबन्दीले तन न्यानो पारौँ फेरी सोचेँ तनको चिसो त यसले भुलाईदेला तर मनको चिसो??
  62. होस् अब मँ यसलाई यूज गर्दिनँ।
  63. यसलाई म दराजको कुनै कुनामा यसरी सजाउछु जसरी उनले सोसीयल साइटहरुको ब्लकलीस्टमा मलाई सजाएकी छीन्....
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement