Advertisement
Guest User

Ma Cahi Nepali Lyrics

a guest
Sep 21st, 2014
239
0
Never
Not a member of Pastebin yet? Sign Up, it unlocks many cool features!
text 2.29 KB | None | 0 0
  1. म चाहिँ नेपाली
  2. शब्द/सङ्गित/स्वरः समृद्धि राई
  3.  
  4. आज कति भागमा फुट्यौं हामी
  5. जातकै कुरामा अल्झी जानी नजानी
  6. जब संसार मिलिजुली एकै हुँदैछ ।
  7.  
  8. केटा कुन जातको मनपराईस् ?
  9. केटी कुन थरको तैले भगाईस् ?
  10. किन यहाँ सबैलाई राज्य चाहिएको छ?
  11.  
  12. को मतवाली को बाहुन क्षेत्री ?
  13. के हामी एकै होइनौं र ?
  14. त्यसैले जातभात छुट्याउनेलाई
  15. तिमी यही भन्ने गर ।
  16.  
  17. तिमी को हो थाहा भएन
  18. म चाहिँ नेपाली
  19. तिमी को हो थाहा भएन
  20. म चाहिँ नेपाली ।
  21.  
  22. मानिस ठूलो जातले हुन्न यहाँ
  23. दिल नै ठूलो सबै थोक भन्दा
  24. मुना मदन आए गए
  25. कसैले केही बुझेन ।
  26.  
  27. सगरमाथा कसको भागमा पर्ला फेरि ?
  28. बुद्ध बाड्ने कसको जिम्मेवारी
  29. नेपाल, हाम्रो प्यारो देशमा
  30. हिंसा अब चाहिएन
  31.  
  32. को आदिवासी, को जनजाति
  33. के हामी एकै होइनौं र ?
  34. त्यसैले जातभात छुट्याउनेलाई
  35. तिमी यही भन्ने गर
  36.  
  37. तिमी को हो थाहा भएन
  38. म चाहिँ नेपाली
  39. तिमी को हो थाहा भएन
  40. म चाहिँ नेपाली ।
  41.  
  42. बरदान नै पायौं हामीले
  43. सुन्दर यो हाम्रो देश
  44. कति रमाइलो विविधताको रङ्गिन भेष
  45. सानो राष्ट्र तर सपना विशाल बोकी
  46. संसारै जित्न लम्किदैछ नेपाली ।
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement