Advertisement
Guest User

Untitled

a guest
Nov 24th, 2012
173
0
Never
Not a member of Pastebin yet? Sign Up, it unlocks many cool features!
text 4.25 KB | None | 0 0
  1. प्रेस वक्तव्य आज मिति २०६९ मंसिर ९ गते बसेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे बृहत् छलफल गरी निम्न निश्कर्ष निकालेको व्यहोरा सार्वजनिक गरिएको छ। सम्माननीय राष्ट्रपतिद्धारा मिति २०६९।८।८ मा नयाँ सरकार गठन गर्न प्रधानमन्त्रीको नाम सिफारिस गर्न जारी भएको आह्वान नेपालको अन्तरिम संविधान २०६३ को प्रावधान मर्म र भावना विपरित छ। नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (१) र (२) को प्रावधान व्यवस्थापिका संसद कायम रहँदाको अवस्थामा व्यवस्थापिका संसदद्धारा प्रधानमन्त्रीको निर्वाचन गरी प्रधानमन्त्री चयन गर्ने प्रयोजनको लागि हो। व्यवस्थापिका संसद नरहेको अवस्थामा राजनीतिक सहमति संविधानमा आवश्यक संशोधन नगरि अघि बढ्न सकिन्न। व्यवस्थापिका संसदबाट बाहेक अन्य कुनै प्रकारले प्रधानमन्त्रीको निर्वाचन, चयन वा नियुक्तिको परिकल्पना नेपालको अन्तरिम संविधानले गरेको छैन। एकातिर व्यवस्थापिका संसदको सदस्य नरहेको भनि वर्तमान प्रधानमन्त्रीलाई पदमुक्त भएको भनि पत्रचार गर्ने अर्कोतर्फ व्यवस्थापिका संसद नरहेको अवस्थामा नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीको नाम सिफारिस गर्न आव्हान गर्ने कार्य आफैमा विरोधाभासपूर्ण रहेको छ। यस्तो अवस्थामा सम्माननीय राष्ट्रपतिद्धारा प्रधानमन्त्रीको नाम सिफारिस गर्न आव्ह्ान गर्नु संविधान र कानुनको वर्खिलाप मात्र होइन अलंकारिक राष्ट्रपतिको काम, कर्तव्य र मर्यादा विपरित हुनुको साथै राष्ट्रप्रमुखलाई मर्यादित र सम्मानित गर्ने संविधानको धारा ३६ (क) लाई समेत प्रयोग गरि सम्माननीय राष्ट्रपतिले कार्यकारी अधिकार आफ्नो हातमा लिन खोजेको मनसाय प्रष्ट रहेको बैठकको ठहर छ। अतः यसलाई अबिलम्ब सच्याउन बैठकले जोडदार माग गरेको छ। मिति– २०६९।८।९ प्रेमबहादुर सिंह प्रवक्ता संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement