Advertisement
Guest User

बोर्डिंग, स्कुल र अंग्रेजी

a guest
Mar 28th, 2015
219
0
Never
Not a member of Pastebin yet? Sign Up, it unlocks many cool features!
text 12.97 KB | None | 0 0
  1. बोर्डिंग, स्कुल र अंग्रेजी
  2.  
  3. काम विशेषले एक जना आफन्तकोमा गएको थिए ! सानै देखि पढाउने पेशा अङ्गालेकोले स्कुल जाने उमेरका केटा केटी देख्यो कि, "बाबु/नानी कुन स्कुल पढ्ने तिमी?" भनेर सोध्ने बानी भइसकेको रहेछ ! सानो बाबु देखेर सोधे - बाबु तिमी कुन स्कुल पढ्ने ? उता भान्सामा चिया पकाइरहेकी काकीले बाबुलाई उछिन्दै ठूलो स्वरमा भन्नुभयो - को पढ्छ स्कुलमा ? मेरो बाबु त बोर्डिंग पढ्छ बोर्डिंग ! सानो बाबु नि रिसायो म सँग उसलाई स्कुल पढ्ने भन्यो भनेर !
  4.  
  5. बोर्डिंग र स्कुल दुवै अंग्रेजी शब्द हुन् ! दुवैको आफ्नै आफ्नै अर्थ छ ! तर हामी बोर्डिंग भन्नाले अङ्ग्रेजीमा पढाइ हुने प्राइभेट र स्कुल भन्नाले सरकारी स्कुल भन्ने बुझ्छौ जुन गलत हो ! महँगो प्राइभेट स्कुलमा बच्चा पढाउनुलाई आफ्नो इज्जतसँग जोडेर हेर्छौ त्यो झन् गलत हो ! विकसित देशहरूमा शिक्षा र स्वास्थ्य सरकारको दायित्व हो ! सबै स्कुलहरू समान हुन्छन्, सबैले उस्तै गुणस्तरको शिक्षा पाउँछन् ! हाम्रो देश विकासोन्मुख हो, यसको अर्थ हामी ढिलो चाँडो विकसित हुने मार्गमा छौ त्यसैले हामीले पनि हाम्रो स्कुलहरूको शैक्षिक गुणस्तर बढाउनु पर्छ ताकि बिस्तारै प्राइभेट स्कुलहरू निमिट्यान्न होउन !
  6.  
  7. सरकारी स्कुलको शैक्षिक गुणस्तर त बढाउने ! तर कसरी ? सबै नेता, मन्त्री, सभासदहरु भन्छन - शैक्षिक गुणस्तर बढाउँछौ ! तर कसैले भन्दैन कसरी बढाउने न त उनीहरू आफ्नो छोरा छोरी नै सरकारी स्कुलमा पढाउँछन् ! यो कुनै राता रात हुने कुरा हैन, यसका लागि बर्षौ लाग्छ ! इमानदारिता नै यस्तो कडी हो जसले शैक्षिक गुणस्तर बढाउन सबै भन्दा ठूलो भूमिका खेल्छ ! अभिभावक इमानदार भएर छोरा छोरी लाई प्रशस्त पढ्ने समय दिने र वातावरण बनाइदिने, शिक्षकहरू इमानदार भएर समय मा आइदिने र आफ्नो काम गरिदिने भयो भने स्कुलको गुणस्तर आफै बढ्छ जस्तो कि हाम्रो स्कुलको बढिरहेको छ ! हामी विद्यार्थीहरूले नि एउटा कुरा कहिल्यै भुल्नु हुन्न - शिक्षकले त्यस्तो कुनै कुरा पढाउँदैनन् जुन हामी आफै सिक्न वा खोज्न सक्दैनौ ! यसर्थमा हाम्रो पढाइको स्तर हाम्रो मेहनत, लगन र नयाँ कुरा खोज्ने/सिक्ने आचरणमा भर पर्छ !
  8.  
  9. अब लागौँ अङ्ग्रेजी तर्फ ! कुनै पनि भाषाको ज्ञान हुनु वा त्यो भाषामा निपुर्ण हुनु आफैंमा राम्रो कुरा हो ! त्यसमाथि अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकोले यसको ज्ञान हुनु झनै राम्रो कुरा हो ! तर हामीमा अङ्ग्रेजी फरर बोल्ने मान्छे जान्ने, अङ्ग्रेजी नआउने मान्छे नजान्ने भन्ने जुन सोचाइ छ, त्यो भने राम्रो होइन !
  10.  
  11. अब लागौँ हाम्रो समाजमा अङ्ग्रेजीको किन यती धेरै महत्व छ त भन्ने तिर !
  12. - पहिलो कारण हामी सँग प्रविधि सम्बन्धित उच्च शिक्षाका किताबहरू नेपालीमा उपलब्ध छैनन् !
  13. - दोस्रो विकासोन्मुख मुलुकहरूबाट विकसित मुलुकमा पढ्न जाने अनि पढाइ सकेर उतै बसोवास गर्ने विश्वमै लहर चलेको छ ! हामी नेपालीहरू प्रायः अमेरिका, अस्ट्रेलिया , बेलायत र क्यानडा पढ्न जान्छौ र त्यतै बसोवास गर्न चाहन्छौ ! त्यहाँको मुख्य भाषा अङ्ग्रेजी हो !
  14. - तेस्रो वैदेशिक रोजगार जुन अहिले पछिल्लो दिनहरूमा धेरै देखिएको छ ! अङ्ग्रेजी भाषाको ज्ञानले वैदेशिक रोजगारलाई सहज बनाउँछ !
  15.  
  16. अब यी कारणहरूको शल्यक्रिया गरौँ !
  17. - विश्वका धेरै सम्पन्न मुलुकहरूमा अङ्ग्रेजी बोलिँदैन ! उदाहरणका लागि युरोपियन देशहरू प्रायः सबैको आफ्नो आफ्नै भाषा छ ! उनीहरूले अङ्ग्रेजीलाई खासै महत्व दिँदैनन् ! अङ्ग्रेजीमात्र बोल्ने उनीहरूको देशको भाषा नबोल्नेलाई धेरै मुस्किल छ ! विद्यालय देखि कलेज स्तर सम्म उनीहरूको आफ्नै भाषामा पढाइ हुन्छ ! सफ्टवेयर उनीहरूको आफ्नै भाषामा हुन्छ ! पाठ्यपुस्तकहरू सबै आफ्नै भाषामा हुन्छ ! एसियाका पनि सम्पन्न मुलुकहरूमा उनीहरूको आफ्नै भाषामा पढाइ हुन्छ र पाठ्यपुस्तक पनि उपलब्ध हुन्छन् ! हाम्रो भाषामा पाठ्यपुस्तक उपलब्ध नहुनु भनेको हाम्रो कमजोरी हो ! मैले अघि नै भने - हामी विकासोन्मुख छौ यसर्थ हामीले बिस्तारै आफ्नै भाषामा सबै विषयका पुस्तकहरू लेख्नुपर्छ र आफ्नै भाषामा पढ्नुपर्छ !
  18. -पढे लेखेका र दक्ष जनशक्ति विदेश पलायन हुनु देशका लागी ठूलो घाटा हो ! विदेशिनेहरुका लागी पनि त्यो खासै नाफाको कुरा हैन ! भौतिक सुविधा जस्तै पानी बिजुलीको समस्या हुँदैन तर धेरै सामाजिक र मानसिक पिडाहरू हुन्छन् ! नेपालमा नै पढाइ हुने विषयहरू पढ्न नि धेरै नेपालीहरू विदेश जान्छन् ! त्यसले देशबाट ठूलो मात्रामा पुँजी बाहिरिरहेको छ ! देशलाई सम्पन्न बनाउन यो क्रम घट्दै जानु पर्छ !
  19. - वैदेशिक रोजगारमा जाने संख्यामा वृद्धि हुनु भनेको देशमा रोजगारी कमी हुनु हो ! हाम्रो देशमा रोजगारी कम छैन ! धेरै विकास निर्माणका कामहरू भइरहेका छन् जहाँ कामदारको खाँचो छ ! तर उचित तलब, वीमा र काममा सुरक्षा छैन ! यो काम ठूलो र यो काम सानो भनेर कामको बीचमा ठूलो खाडल बनाइएको छ ! यसमा सुधार हुने बित्तिकै यही स्तरको काम गर्न विदेशिनेको संख्या घट्ने छ ! सम्पन्न मुलुकबाट नगण्य संख्यामा मात्र वैदेशिक रोजगारीमा जान्छन् ! त्यो उनीहरूको वाध्यता भन्दा नि रहर हुन्छ ! हाम्रो देशमा आफै गर्न सकिने (स्वरोजगार) र गर्नु पर्ने कुराहरू पनि धेरै छन् ! देशमा व्याप्त खराब राजनीतिक आचरणमा सुधार आउने बित्तिकै वैदेशिक रोजगारमा जानेको संख्यामा उल्लेखय कमी आउने छ र आउनु पर्छ !
  20.  
  21. प्राइभेट (बोर्डिंग) स्कुलहरूले शिक्षक र विद्यार्थीहरूलाई जबर्जस्ती अङ्ग्रेजी बोलाउन लगाउँछन् जसले गर्दा सिक्ने सिकाउने प्रक्रियामा ठूलो असर परेको छ ! शिक्षकहरू बुझाउनु पर्ने जति बुझाउन सक्दैनन्, विद्यार्थीहरू शिक्षकले बुझाउन खोजेको जति बुझ्दैनन् अनि सुरु हुन्छ घोकन्ते प्रणाली !
  22.  
  23. अन्त्यमा ज्ञान, खोज, अनुसन्धान ठूलो कुरा हो, भाषा होइन ! अङ्ग्रेजी नबोल्ने वा बोल्न नसक्ने नजान्ने होइनन् ! अङ्ग्रेजी नआउँदैमा कुनै धक मान्नु हुँदैन - इज्जत जाँदैन ! सिक्ने सिकाउने काम भरसक मातृभाषामा, सम्भव छैन भने नेपालीमा हुँदा बढी प्रभावकारी हुन्छ ! भलै मैले सुरुमै भने भाषाको (अङ्ग्रेजी मात्र नभएर अरू पनि) ज्ञान आफैंमा राम्रो कुरा हो र यसले धेरै अवसरहरू सिर्जना गर्दछ !
  24.  
  25. उमेशराज सत्याल
  26. पूर्व विद्यार्थी
Advertisement
Add Comment
Please, Sign In to add comment
Advertisement